जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



भक्तपुर । भक्तपुरबाट जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे मण्डनदेउपुर नगरपालिका ६ गौरीशंकर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ६ नगरकोट बस्ने २६ वर्षीय रुपक श्रेष्ठ शनिबार पक्राउ परेका हुन् । किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले रुपकलाई पक्राउ गरेको जनाइएको छ ।
    उता काठमाडौंमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वखर नगरपालिका धर्मस्थली सानोवाईपास बस्ने दोलखा भिमेश्विर नगरपालिका १ घर भएका ४३ वर्षीय रञ्जित थामीलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई ललाई फकाई आफ्नो डेराकोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले थामीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



 



प्रतिक्रियाहरु