चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउदै


काठमाडौं । २२ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने पक्का भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिवार र आईतवार नेपाल भ्रमण गर्ने टुंगो लागेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जनाएको हो ।
परराष्ट्रको एक विज्ञप्ति अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले २५ र २६ गते नेपाल भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । सोहि क्रममा चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय छलफल समेत गर्ने जनाइएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत हुने सरकारी अधिकारीले जनाएका छन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले बिभिन्न दलका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्रीसँग पनि भेट गर्ने जनाइएको छ ।
राजधानीको सुरक्षा व्यवस्था कडा
लमो समयपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्रममा काठमाडौंका सडकहरु सिघाँरिएका छन् । भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिने भएका छन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने छन् । यस्तो सुरक्षामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुने जनाइएको छ । टोलीमा अत्याधुनिक हातहतियार र सञ्चार उपकरण रहने बताइएको छ । सुरक्षा स्रोतका अनुसार, सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु