संखुवासभामा पाँच किलो सुनसहित एक पक्राउ


संखुवासभा । संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ  परेका छन् । जिल्लाको भोटखोला गाउँपालिका २ लिङगमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सो परिमाणको सुन र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद  फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु