पूर्वसहायकमन्त्री तथा चर्चित व्यापारी ज्योति पक्राउ



काठमाडौँ । चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी आरोपमा पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रकम लिएको उजुरीका आधारमा ज्योतिलाई प्रहरीले पक्राउ गरेको हो ।
ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । सो आदेश लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको थियो । सो निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरेपछि ज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेको थियो । विदेशमा रहेका ज्योति स्वदेश फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेको परिसरले जनाएको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु