उपनिर्वाचन मिनि–जनमत संग्रहझैँ हो : प्रवक्ता शर्मा

 
 
भक्तपुर । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपाली कांग्रेसले उपनिर्वाचनलाई मिनि–जनमत संग्रहका रुपमा लिएको बताएका छन् । उनले भने, ‘सरकारको कार्यशैलीप्रति जनता रुष्ट छन्, प्रतिपक्षी कांग्रेसले सरकारका गलत कदमको निरन्तर विरोध गरेको छ, मंसिर १४ मा हुने उपनिर्वाचन मिनि–जनमत संग्रहझैँ हो ।’ 
 
उनले सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गएको बताएका छन् । भक्तपुरमा विहीबार आयाजित चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप स्वीकार नहुने बताए । सरकारकै कार्यशैलीका कारण मुलुक अहिले अप्ठ्यारो अबस्थामा रहेको उनले जोड दिए ।
 
जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउँदै उनले कर र मुल्य बृद्धि गरेर  र भ्रष्टाचारमा मुछिएर सरकारले जनतालाई मारमा पारेको आरोप लगाए । नेकपा नेतृत्वको सरकारको शैली बिरुद्धमा जनताले जवाफ दिने बेला आएको भन्दै उनले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताए ।
 
गुट–उपगुटबाट माथि उठेर पार्टी एक हुनु जरुरी रहेको बताउँदै उनले अबको उपनिर्वाचनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एक भएर पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर–१ (क) मा कांग्रेसका कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गरेका छन् । 
 
 
 
 
 
 
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु