का‌ग्रेस नेता पौडेल जिल्ला दौडाहामा, फिदिम पुगेर भने, 'कम्युनिस्टले मुलुकमा राज्य आतंक मच्चाए'

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला दौडाहामा निस्किएका छन् । सोमबार पाँचथर हुँदै तेह्रथुम पुगेका नेता पौडेलले गाउँ-गाउँ पुगेर पार्टी कार्यकर्ता भेटघाट गरेका छन् ।

पाँचथरमा आयोजित चुनावी सभामा उनले नेकपाको सरकारले मुलुकमा राज्य आतंक मच्चाएको बताए । कांग्रेस चुनाव परिचालन समिति पाँचथरले सोमबार फिदिम बजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पौडेलले सरकारको रबैयाका कारण अर्थतन्त्रका सूचकहरु धरासायी भएको बताएका हुन्।

सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरे राज्य आतंक मच्चाएको बताए। संचार, स्वास्थ्य, शिक्षा र सुरक्षाको क्षेत्रमा सरकारले ठाडो हस्तक्षेप गरी आतंक मच्चाएको पौडेलले दाबी गरे। सम्बोधनको क्रममा पौडेलले कांग्रेसले मात्र देशको हितमा काम गर्न सक्ने प्रष्ट्याए।

‘निमुखालाई न्याय  र विपन्नलाई आय कांग्रेसले मात्र दिन सक्छ,’ उनले भने ‘कम्युनिस्टहरुले जनताको अधिकारलाई कुन्ठित गरेर राज्य गर्छन।’



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु