विवेकशील नेपाली दल अर्को चुनावको तयारीमा

काठमाडौँ ।  विवेकशिल नेपाली दल हालै सम्पन्न उपनिर्वाचनको समीक्षापछि २०७९ मा हुने निर्वाचनको तयारी थाल्ने जनाएको छ । सुसंस्कृत राजनीतिलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई धैर्यपूर्वक जिम्मेवारी वहन गर्न निर्वाचनको तयारी थाल्नु आवश्यक रहेको विवेकशिलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

राजनीतिक सङ्गठनको हैसियतमा उपनिर्वाचनको समीक्षा बैठकले निकालेको रायसहितको समीक्षा मंसिरको अन्त्यसम्ममा सार्वजनिक गर्ने दलले जानएको छ ।
समीक्षासँगै २०७६ भित्रनै  पार्टीको  नीति तथा रणनीतिमा छलफल गर्दै संगठनको प्रादेशिक सम्मेलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु