कुलमानलाई ‘नाष्ट प्रविधि’ पुरस्कार, विज्ञान र प्रविधि क्षेत्रमा योगदान पु¥याउने पाँच संस्थासहित २१ जना पुरस्कृत

काठमाडौँ । नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘नाष्ट प्रविधि पुरस्कार’बाट पुरस्कृत भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आफ्नो वार्षिकोत्सवको सन्दर्भमा प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेको हो । घिसिङले विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक र प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पु¥याए वापत् उनले नाष्ट प्रविधि पुरस्कार प्रदान गरिएको नाष्टले जनाएको छ । कार्यकारी निर्देशक घिसिङलाई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शुक्रबार सम्मान–पत्रसहित पुरस्कृत गरे ।

नाष्टले आफ्नो वार्षिकोत्सवको सन्दर्भमा विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै विभिन्न १५ वटा पुरस्कारबाट पाँच संघ संस्था र २१ जना व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । नाष्टले कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार तिलगंगा आँखा प्रतिष्ठानलाई दिएको छ । यस्तै, विज्ञान पुरस्कारबाट डा.यादवकुमार देव भट्ट, विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट डा.अच्युत अधिकारी, डा.सर्मिला तण्डुकार, डा.विष्णुप्रसाद गौतम, डा.प्रद्युम्न महत क्षेत्री र डा.योगेन्द्र शाह पुरस्कृत भएका छन् ।

महिला विज्ञान तथा प्रविधि पुरस्कारबाट डा.अर्मिला राजभण्डारी, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कारबाट बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल र दिपेन्द्र पराजुली, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट गोपाल भण्डारी पुरस्कृत भएका छन् । नाष्टले यसवर्षको विज्ञान शिक्षक पुरस्कार तरुण मावि बालाजुका कपिलजङ्ग पाण्डेलाई दिएको छ । काठमाडौँ मोडेल स्कुलका अविषेक चौधरी र प्रसादी एकेडेमी ललितपुरकी अस्मिता जोशी, हेटौँडा स्कुल अफ मेनेजमेन्टकी निशा चौधरी उत्कृष्ट विद्यार्थी पुरस्कारबाट पुरस्कृत भएका छन् ।

यस्तै, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कारबाट समीक्षा कँडेल र महेश लम्साल, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कारबाट सपना घिमिरे, नबिल विज्ञान तथा प्रविधि पुरस्कारबाट प्रा.डा.पर्शुराम मिश्र, प्रा.डा.विद्या श्रेष्ठ, डा.श्यामप्रकाश डुम्रे र डा.प्रतिमा पाण्डे पुरस्कृत भएका छन् ।
नाष्टले भुवनेश्वर प्रविधि पुरस्कार इनोभेटिभ डिजाइन कन्सर्न प्रालिलाई दिएको छ । मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कारबाट जीसी रिसर्च एण्ड डेभलपमेन्ट बुटबल, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कारबाट इमेज एटलेयर ललितपुर पुरस्कृत भएका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु