रोकिराखेको ट्रकसँग मोटरसाईकल ठोक्किंदा एकको मृत्यु, दुई घाईते


भक्तपुर । रोकिराखेको ट्रकसँग मोटरसाईकल ठोक्किंदा भक्तपुरमा एकको ज्यान गएको छ । मोटरसाईकलमा सवार अन्य दुई जना घाईते भएका छन् । सरकारले लकडाउन गरिरहेको अवस्थामा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीमा गए राति रोकिराखेको ट्रकसँग मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको ज्यान गएको हो ।
तेल सकिएपछि रोकेर राखेको ना ६ ख ११०३ नं को ट्रकलाई सुर्यबिनायकबाट साँगा तर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाईकलले पछाडीबाट ठक्कर दिंदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुपाल्चोक जुगल घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष २८ को उत्तर बहादुर तामाङ रहेका छन् ।
 महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार, सिन्धुपाल्चोक जुगल नै घर भई हाल भक्तपुर कमलविनायक बस्ने वर्ष २८ का आकाश तामाङको गम्भिर घाईते अवस्थामा केएम सी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अर्का घाईते सिन्धुपाल्चोक जुगल घर भई हाल कमलविनायक बस्ने वर्ष ११ की कोलसङ डोल्मा तामाङलाई भने डा.ईवामुरा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाइएको छ ।
मृतक र घाईते सबै आफन्त रहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्रक चालक  चितवन भरतपुर १६ बस्ने वर्ष २६ को दुर्गा बहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगातीको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु