सल्यान जाँदै गरेको बस बाँकेमा दुर्घटनाहुंदा १२ जनाको मृत्यु २१ घाईते


बाँके । भारतमा अलपत्र परेर घर फर्कदै गरेकाहरु सवार बस बाँकेमा दुर्घट्ना हुंदा १२ जनाको ज्यान गएको छ ।  जिल्लाको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सवारी दुर्घटनामा परी १२ जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य २१ जना यात्रु घाइते भएका छन् । जसमध्येपाँच जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
 राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको बस ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् । ३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ ।
 घाइतेलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरीले जनाएको छ । दुघृट्नाग्रस्त बसमा भारतमा मजदुरी गरेर घर फर्किएर नैपालगञ्जमा अलपत्र परेका सल्यानका ३३ जना रहेको जनाइएको छ । मृतकको शनाखत भएको छैन ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु