नेपालमा कोरोना संक्रमितकाे संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । पछिल्लाे २४ घन्टामा देशभरका २२ प्रयाेगशालामा गरिएकाे परीक्षणमा चार सय ७६  जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

थपिएका संक्रमितमा तीन सय ६४ पुरुष र एक सय १२ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म संक्रमितकाे संख्या १३ हजार दुई सय ४८ पुगेकाे जानकारी  दिए ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा सात हजार सात सय ९१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकाे थियाे ।

त्यसैगरी एक सय २१ जना काेराेनामुक्त भएर विगत २४ घन्टामा डिस्चार्ज भएकाे उनले बताए ।  हालसम्म डिस्चार्ज हुनेकाे संख्या तीन हजार एक सय ३४ पुगेकाे छ ।

नेपालभर हालसम्म संक्रमित भएकामा पुरुष ११ हजार ६ सय ६२ र महिला एक हजार पाँच सय ८६ छन् ।

क्वारेन्टाइनमा बस्नेको संख्या भने निरन्तर घटेको छ । गौतमले हाल क्वारेन्टाइनमा ५७ हजार तीन सय ६८ जना रहेको बताए ।

त्यसैगरी संक्रमित भएर आइसोलेसनमा बस्नेको संख्या भने १० हजार ८५ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु