फिफाका पूर्व अधिकारी मार्कसलाई १० वर्षको प्रतिबन्ध, १६ लाख डलर जरिवाना

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले आफ्ना पूर्व अधिकारी मार्कस काटनेरलाई १० बर्षको प्रतिबन्ध लगाएको छ । फुटबलबाट प्रतिबन्धसँगै उनलाई १६ लाख डलरको जरिवाना समेत तिराईने भएको छ ।

फिफा मुख्यालय स्विट्जरल्याण्डमा कार्यकारी महासचिवको रुपमा काम गर्दा मार्कसले फाइदाको रकम बाँडाफाँड गरेको आरोपमा फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको इथिक्स कमिटीले पूर्व कार्यकारी महासचिव मार्कसलाई ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ का आधारमा काम गरेको भन्दै कारवाही गरेको छ ।

फिफाको आन्तरिक अनुसन्धानले सन् २०१६ मा तत्कालिन अध्यक्ष सेप ब्लाटर र महासचिव जेरोमी भाल्केसँग मिलेर उनले पनि मोटो रकम लिएको प्रमाणित भएको छ । तर कति रकम लिएको भन्ने खुलाइएको छैन ।

त्यो बेला ८१ मिलियन डलरको घोटाला काण्डमा तत्कालिन अध्यक्ष ब्लाटर र भाल्केको करियर सकिएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु