नेपालमा कोरोना संक्रमितको १४ हजार पाँच सय १९ पुग्यो

काठमाडौँ । छिल्लो २४ घन्टामा देशभर चार सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सय नाै महिला र तीन सय ६४ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको जानकारी दिए ।

यसैगरी विगत २४ घन्टामा ६ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् । निकाे भएर हालसम्म डिस्चार्ज हुनेकाे संख्या पाँच हजार तीन सय २० पुगेकाे गाैतमले बताए ।

हालसम्म संक्रमित हुनेमा महिला एक हजार आठ सय ८३ र पुरुष १२ हजार ६ सय ३६ रहेकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु