थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१  पुगेको छ ।

 संक्रमण देखिएकोमा प्रदेश १ मा दुई, प्रदेश २ मा नौ, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा नौ, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिम प्रदेशमा ३५ जना रहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा एक सय ३९ जना निको भइ डिस्चार्ज भएको बताए ।

हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संखया सात हजार आठ सय ११ पुगेको छ । हाल संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय पाँच रहेको जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या घटेर २४ हजार चार सय २५ मा झरेको छ ।



प्रतिक्रियाहरु