थप ६ जिल्ला कोरोनामुक्त, संक्रमितको संख्या १६ हजार ६४९ पुग्याे

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको थियो ।  यो अबधिमा एक सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ पुगेको छ । गौतमले निको हुने दर नेपालमा ४८ दशमलव १ रहेको बताए । संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय तीन र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार नौ सय १० रहेको मन्त्रालयले जनाएको छ ।

६ जिल्ला  संक्रमित शून्य 
गौतमले संक्रमित भएका सबै निको भएपछि ६ वटा जिल्ला संक्रमण शून्य भएको बताए । उनका अनुसार धनकुटा, भोजपुर सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला संक्रमणमुक्त भएको हो ।



प्रतिक्रियाहरु