काँकडभिट्टासंग जोडियो एशियाली राजमार्ग

 
झापा । एसियाली राजमार्गको नेपाल–भारत सीमाअन्र्तगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि झापाको मुख्य नाका काँकडभिट्टा छोएको छ । यसअघि काँकडभिट्टा र भारतको पानीट्याङकी जोडने दुई लेनको पुल जीर्ण भएसँगै आवतजावतमा घन्टौं समय लाग्ने गरेको थियो ।
 
नयाँ पुल निर्माण भइसकेपछि यो समस्या अन्त्य हुने भएको छ । २०७४ सालबाट औपचारिकरुपमा काम शुरु भएको पुलको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणका लागि सम्झौता गरेपछि निर्माण शुरु भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।
 
३ वर्षअगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेनको क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकडभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ ।
भदौं २९



प्रतिक्रियाहरु