भक्तपुरमा १७ सयलाई कोरोनाः आज ५१ जना संक्रमित थपिए

भक्तपुर । उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप ७५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएसँगै उपत्यकामा कुल संक्रमितको संख्या १९ हजार ३ सय ३१ पुगेको हो ।  काठमाडौंमा संक्रमितको संख्या १५ हजार ७ सय ६२, भक्तपुरमा १७ सय ४२ र ललितपुरमा १८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
 
यस्तै काठमाडौंमा उपत्यकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक सय २२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा भने १४ सय ९७ जना संक्रमित भेटिएका छन् ।
असोज ८



प्रतिक्रियाहरु