भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।  २४ घण्टामा कोेरोना भाइरसका नयाँ संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १४६९ जना, ललितपुरका १३० र भक्तपुरका ९९ जना छन् ।
थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
 
यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कार्तिक २



प्रतिक्रियाहरु