सांसद बस्नेतको दशैं भत्ता भक्तपुर अस्पताललाई

भक्तपुर,  । संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्ता भक्तपुर अस्पताललाई दिएका छन् । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, भक्तपुर क्षेत्र नं. २ का सांसद बस्नेतले अस्पतालमा गरिव, विपन्न तथा असहायलाई उपचार गर्ने गरी हस्तान्तरण गरेको बताए ।  भक्तपुर अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई रु. ६५ हजार हस्तान्तरण गरेका छन् ।  सांसद बस्नेतले महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोक्न स्वास्थ्य मापदण्डको पालना गर्ने र आफै सचेत हुने उपाय उत्तम भएको बताए ।
कार्तिक ३



प्रतिक्रियाहरु