कर कार्यालयका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
 
कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिनेरदिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । -पुस २९



प्रतिक्रियाहरु