भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिने

काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ को पहिलो खेप बिहीबार  नै आइपुग्ने पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।  मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने जनाएको छ । खोप अभियान ७७ जिल्लाबाटै शुरु गरिने पनि मन्त्रालयले जनाएको छ । भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायत ६ देशलाई कोरोनाको खोप अनुदानमा दिन लागेको हो । माघ ७



प्रतिक्रियाहरु