दैनिक १९ जना नेपालीले आत्महत्या गर्दछन्

काठमाडौ । नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक छ । नेपालमा औसतमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । विगत ३ वर्षको तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्ष २०७७र७८ को साउन महिनादेखि पुस मसान्त सम्ममा मुलुकभर विभिन्न कारणले ३ हजार ४ सय ७५ जनाले आत्महत्या गरे । यसअघिको तथ्याङ्कलाई हेर्दा पछिल्लो ६ महिनामा आत्महत्या गर्नेको सख्या निकै बढेको छ । तिमध्ये अधिकांशले झुण्डिएर र विषादी सेवनबाट आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।
 
पछिल्लो ६ महिनामा प्रदेश–१ मा ६ सय ७२, प्रदेश–२ मा ४ सय ३८, बागमती प्रदेशमा ५ सय १४, गण्डकी प्रदेशमा ३ सय २०, लुम्बिनी प्रदेशमा ६ सय ९५, कर्णाली प्रदेशमा २ सय १५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ६६ जनाले आत्महत्या गरेका छन् । काठमाडौं उपत्यकामा मात्र २ सय ५५ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै प्रदेश–१ मा देखिएका छन् । आत्महत्या न्युनीकरणको लागि प्रहरीले ७७ वटै जिल्लामा सचेतना कार्यक्रम चलाउँदै आइरहेको प्रवक्ता कुँवरको भनाइ छ ।
 
अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्या देखि शहरको सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखमा आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढ्नसक्छ । आर्थिक अभाव, प्रेममा असफलता, घरायसी झगडका कारण मानसिक तनावले आत्महत्या गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । माघ १३ 



प्रतिक्रियाहरु