भक्तपुरमा कोरोना विरुद्धको खोप लगाइन सुरु

 
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने कार्य भक्तपुरमा भोलीदेखि सुरु हुनेछ । 
भक्तपुरमापनि बुधबार (भोली)देखि कोरोना भाइरस विरुद्धको खोप लाउने कार्य सुरु हुने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् ।  हामीसंग मिजारले भने ‘हाम्रो जिल्लामा पहिलो चरणमा करिब ४ हजार जना मानिसलाई यो खोप लगाइन्छ । ’
नेपाल सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ । 
भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट भोली बिहान १० बजेदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने मिजारले बताए । भक्तपुर अस्पतालबाट चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका फन्ट लाईन (अग्रभाग)मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । 
 
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारका अनुसार नेपाल कोरिया मैत्री नगर अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका सम्बन्धीत व्यक्तिहरुले कोरोना विरुद्धको खोज लगाउने तयारी गरिएको छ । 
स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ४ सय भाइल(मात्रा) खोप पठाएको छ । जसमा १ भाइल बराबर कम्तीमा १० जनालाई लगाउन पुग्छ । शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिईने समेत कार्यालयले जानकारी दिएको छ । खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर राखिएको छ । 



प्रतिक्रियाहरु