२३ महिला बलात्कृत

मकवानपुर । एक वर्षको अवधिमा मकवानपुरमा २३ महिला बलात्कारको सिकार बनेका छन् । जिल्लामा एक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । कुल ४ लाख ३२ हजार २९२ जनसंख्या रहेको मकवानपुरमा सन् २०२० मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५१ जना महिला, ९ जना पुरुष र एक जना तेस्रो लिङ्गी पीडित भएको इन्सेक मकवानपुरका संयोजक कृष्ण गौतमले जानकारी दिए ।
 
इन्सेकको तथ्यांकअनुसार सो अवधिमा मकवानपुरमा ६ जनाको हत्या, २३ जना महिला बलात्कृत भएका छन् भने  ३ जना महिलामाथि बलात्कारको प्रयास भएको छ । त्यसैगरी ६ जना बालिका यौन दुर्व्यवहारको शिकार बन्न पुगेका छन् भने एक बालिका बेचबिखनमा परेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारमा सन् २०२० मा एक जना कैदीको मृत्यु भएको छ । १ हजार २ सय जनाको क्षमता रहेको सो कारागारमा ९ सय २३ जना कैदी बन्दी छन् ।
 
 
यसैगरी मकवानपुरको बाल सुधार गृहमा सन् २०२० मा एक बालकको मृत्यु भएको छ । संघीय सरकार मातहतको सो बाल गृह जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरिरहेको छ । बाल सुधार गृहमा ५२ जना बालकलाई राखिएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
 
 
बालबिज्याइ गरी अदालतको आदेशबाट दण्ड सजाय बालबालिकालाई पढ्ने, खेल्ने व्यवस्थासहित उचित सुरक्षाका साथ बालगृहमा राखिन्छ । फागुन १०



प्रतिक्रियाहरु