तीन महिनामा ४० जना विदेशी नागरिकलाई देश निकाला

काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा १९ चिनियाँसहित ४० जना विदेशीलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार मानव बेचबिखन र संगठित अपराध, लागूऔषध, ओभरस्टे, खोटाचलन रअन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको हो । विभागका अनुसार कात्तिकदेखि पुससम्ममा १३ जनालाई ओभरस्टे, ३ जनालाई मानव बेचबिखन र संगठित अपराध तथा ३ जनालाई अन्य कसुरमा निकाला गरिएको हो । तीमध्ये सबैभन्दा धेरै चिनियाँ छन् ।
 
त्यस्तै अमेरिकाका ४, अस्ट्रेलिया, पाकिस्तान, फ्रान्स यमनका २र२, जोर्डन, बंगलादेश, ब्राजिल, भियतनाम, मलेसिया, इस्टोनिया, कंगो, मौरिसस र रोमानियाका १र१ नागरिकलाई निकाला गरिएको हो । उक्त अवधिमा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी निकालामा परेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । फागुन १०
 
 



प्रतिक्रियाहरु