नागरिक अधिकार कुण्ठित पार्न खोजेको भन्दै भक्तपुर कांग्रेसद्धारा बिरोध पत्र


भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराउने उद्धेश्यले ज्ञापनपत्र बुझाएको छ । भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रदेश सभा सांसद  कृष्ण्लाल भँडेल र रजनी जोन्छे लगायत जिल्ला कार्य समितिका पदाधिकारी सहितको टोलीले  दुधपाटीबाट नारा जुलुश सहित  जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाइएको थियो ।  
नेपाली काँग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध सरकारले बिधेयक ल्याएको र नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले विधेयकको बिरोध गरेको बताउनु भयो ।


विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले नागरिक अधिकार रक्षाकालागि बिधेयकको बिरोध गरिएको वताउदै पार्टी सभापति थापाले बिधेयक नेपाली काँग्रेसले कुनैपनि हालतमा पास हुन नदिने दावी गर्नुभयो । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्थाको काँग्रेसले विरोध गरेको छ ।यस्तै विशेष सेवा विधेयकमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका प्रावधान सच्याउनु पर्ने काँग्रेसको माग छ ।


कांग्रेसले नेपाल बिशेष सेवा गठन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकको पनि बिरोध गरेको छ । सो क्रममा नगर समितिका सभापति, पदाधिकारी तथा सदस्यहरु, वडा सभापति पदाधिकारी तथा सदस्यहरु र क्रियाशील सदस्य र कार्यकर्ताहरुको  बाक्लो सहभागिता रहेको थियो ।

 



प्रतिक्रियाहरु