काँग्रेसको आरोपः गृहमन्त्रीको अभिव्यक्तिले बलात्कारका घटनाहरुलाई प्रश्रय दियो

काठमाडौं । नेपाली काँग्रेसले गृहमन्त्री राम बहादुर थापाले संसदमै बलात्कार दिनप्रति दिन हुने घटना भनि दिएको अभिव्यक्तिले गैरजिम्मेवरीपन भएको आरोप लगाएको छ । यस्ता शब्दले बलात्कारका घटनाहरुलाई प्रश्रय दिएको काँग्रेसको भनाई छ ।  बझाङ्गकी सम्झना कामीको बलात्कारपछि हत्या भएकोे घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन  गराएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा बलात्कार, हत्या हिंसा, एसिड आक्रमण र यौन दुव्र्यवहार लगायतका अपराधिक घटनाहरु हुन नदिन सरकार प्रतिबद्ध नदेखिएको उल्लेख छ ।विगतमा भएका बलात्कार र हत्या हिंसामा संलग्न अपराधिलाई सरकारले कानूनी कठघरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकेको भए उक्त दुःखद घटना नुहने काँग्रेसको भनाइ छ । बुधबार बझाङ्गको मष्टा गाउँपालिका वडा नं. २, खिकालाकी १२ बर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो ।
असोज १०



प्रतिक्रियाहरु