आज भक्तपुरमा ६३ जना कोरोना संक्रमित थपिए

भक्तपुर । बितेको २४ घण्टामा भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा थप ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  संक्रमितमध्ये महिला १९९ र पुरुष ३८४ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिए । 
 
उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ ।
असोज १०



प्रतिक्रियाहरु