काँग्रेस नेता पौडेलले गरेरै छाडे पुल उद्घाटन

काठकाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुल आज (विहीबार) उद्घाटन गरेका छन्। तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका हुन्।  काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो।  काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी,  गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए ।
 
यस्तै पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागी थिए । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो।  काँग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो । -सिर १८



प्रतिक्रियाहरु