नेकपा विवादः शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् । ओली केहीबेर अघि शीतलनिवास पुगेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ ।  सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीभित्र खटपट भएपछि राष्ट्रपतिको सुझाव लिन शीतलनिवास जाने गर्छन् । प्रधानमन्त्री ओलीले आजै अपरान्ह मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् । चार बजे बोलाइएको मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । -मंसिर १८



प्रतिक्रियाहरु