जनकपुरमा राजेन्द्र महतोलाई कालो झण्डा

जनकपुर । नेकपा ओली समूहका युवाहरुको एक समूहले जनता समाजवादी पार्टी ९जसपा० नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएको छ । विघठित प्रतिनिधि सभाका सदस्यसमेत रहेका महतोले आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डाको सामना गर्नुपरेको हो ।  मधेशवादी दल परित्याग गरि नेकपा ओली समूहमा हालै प्रवेश गरेका मुञ्जय राउत नेतृत्वको समूहले महतोलाई विरोधसभामा प्रमुख आतिथिको आसन ग्रहण गर्न जाँदै गर्दा जनकपुरस्थित भानु चोकमा कालो झण्डा देखाएको हो । प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले संसद विघटन गरेको विरोधमा जनकपुरधाममा जसपाले आयोजना गरेको विरोधसभामा सहभागी हुने क्रमममा नेता महतोलाई प्रधानमन्त्री ओलीका समर्थकले कालो झण्डा देखाएका हुन् । पुस २७



प्रतिक्रियाहरु