केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव पक्षले पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।  यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए । 
ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।



प्रतिक्रियाहरु