भक्तपुरमा सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्ट


भक्तपुर । युवा वर्गलाई रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले भक्तपुरमा पहिलो पटक एडभान्स तालिम प्रदायक संस्था सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्ट संचालनमा आएको छ । इन्सिच्यूटको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । सरकारीस्तरबाटै यस्तो तालिम प्रदायक संस्था संचालनमा ल्याएर युवालाई रोजगारी प्रदान गर्नुपर्नेमा निजी क्षेत्रले यस्तो कार्य गरेर सरकारको योजना सफल पार्न सहयोग गरेकोमा व्यवसायीलाई थापाले धन्यावाद् दिनुभयो ।
 होटल म्यानेजमेन्ट र ईन्टेरियर डिजाईनलाई पर्यटनको विकाससंग जोडेर लैजानु पर्नेमा जोड दिदै प्रमुख थापाले यसका लागि सूर्यविनायक नगरपाकिलाले पनि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं. ९ का अध्यक्ष उपेन्द्र केसीले युवा रोजगार प्रबद्र्धनमा यस प्रकारको संस्थाले टेवा पुर्याउने बताउदै तालिम सर्वसुलभ र सबैको पहुँच पुग्ने हुनुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्टका संयोजक हरि खत्रीले युवा, बेरोजगार नागरिक एवं महिला गृहणीहरुका लागि लक्षित गरि सबैको सहज पुहँच पुग्ने गरि सरल र सुलभ शुल्कमा होटल म्यानेजमेन्ट र ईन्टेरियर डिजाईनका तालिम प्रदान गर्ने गरि भक्तपुरमै पहिलो पटक यस प्रकारको संस्था संचालनमा ल्याएको बताउनुभयो ।
लामो र छोटा गरि ३ महिने बेसिकदेखि १८ महिनेसम्मको कोर्षमा तालिम प्रदान गरिने बताउदै खत्रीले तालिमसंगै सेवा पनि प्रदान गर्ने बताउनुभयो । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को स्वीकृतिमा संचालन गर्ने तालिममा दुई सिफ्टमा ६० जनासम्म राखेर तालिम दिने गरि  जनाइएको छ ।  


 



प्रतिक्रियाहरु