नागरिक एप अनेक प्राविधिक समस्या

काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् । एपमा सुरुमैदेखिनै प्रधानमन्त्रीको फोटोलाई धेरै प्रयोगकर्ताले रुचाएका छैनन् । धेरैले प्रधानमन्त्रीको साटो कुनै राष्ट्रिय विभूति, चिह्न वा सम्पदाको फोटो राख्न सामाजिक सञ्जालमा सुझाव दिएका छन् । 



प्रतिक्रियाहरु