करिब १३ अर्ब नाफा कमायो आयल निगमले

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। निगम सञ्चालक समितिको ३९औं वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेको निगमले जनाएको छ । निगमले नाफा रकमबाट निगमका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड रुपैयाँ वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६र७७ को लेखापरीक्षणसमेतको वित्तीय विवरण पहिलोपटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड ९एनएफआरएस० अनुसार तयार पारिएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गरेका थिए।  -पुस २९ 



प्रतिक्रियाहरु