आईपीओ बिक्री गर्न बुद्धभूमिले माग्यो अनुमति

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि बुद्धभूमिले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई बिक्री गर्ने गरी निस्काशनको अनुमति मागेको हो । सय रुपैयाँको दरले आईपीओ बिक्रीको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ । 
 
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।  पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ । माघ १३



प्रतिक्रियाहरु