भ्यालेन्सिया र काडिजको बराबरी

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १/१ गोलको बराबरी खेलेका हुन् । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८औँ मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
 
तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १/१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।भ्यालेन्सिया १६ अंक जोडेर १७औँ स्थानमा रहेको छ । काडिज २० अंक जोडेर १०औँ स्थानमा रहेको छ ।  -पुस २१ 



प्रतिक्रियाहरु