नगरकोटमा पर्यटक बसपार्क बन्ने



भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा पर्यटक बसपार्क बन्ने भएको छ । केही दिन अघि मात्र वन अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको स्थानमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको एक करोडको लागतमा व्यवस्थित पर्यटकीय बसपार्क बनाउँन लागेको हो । बसपार्कको शिलान्यास नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधनगर्दै बस्नेतले नगरकोटको पर्यटकीय पूर्वाधारको विकाश गर्न सके भक्तपुरमात्र हैन सिङ्गो नेपाललाई नै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठूलो सहयोग पुग्ने बताउँनु भयो । नगरकोटको विकास कुनै व्यक्ति, राजनीतिक दल, नगरपालिका लगायतका संघसंस्थाको मात्र चासोको विषय नभई आम भक्तपुर वासीको चासोको विषय भएको उल्लेखगर्दै बस्नेतले घर, टहरा भत्काइएका नागरिकलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले नगरकोटको पूर्वाधार विकाशका लागि काम गरिरहेको बताउँदै आगामी दुई वर्षभित्र नगरकोटको मुहार फर्न आफू लागि परेको बताउँनु भयो । नगरकोटमा बस पार्क, भ्यू टावर, शौचालयलगायतका पूर्वाधार तयार गर्दै पाहुनाहरुको बसाई लम्व्याउने प्रयास भईरहेको मिश्रको भनाई थियो ।
वडा नम्बर ६ का वडाध्यक्ष सन्ते वाइवाले घर, टहराको नाममा राजनीति गरेर जनतालाई नभड्काउन चेतावनी दिदै आफु नगरकोटको विकाशका लागि सधै प्रयासरत भएकाले सबैको हित हुने र सम्रग नगरकोटको विकाश गर्ने कुरामा प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङ्ग, होमस्टे एशोसियनका केन्द्रीय सस्दय राजकुमार लामिछाने, डिभिजन वन सहायक अधिकृत रामकृष्ण केसी लगायतले वन र पर्यापर्यटनको विकाश गर्न सके सबै क्षेत्रलाई अझै फाइदा पुग्ने बताए । चाँगुनारायण नगरपालिकाको वडा नं ६ मा पर्ने नगरकोटमा बसपार्क निर्माण शुरु भएसंगै पर्यटकीय गतीविधि बढ्ने अपेक्षा गरिएको छ ।
 



प्रतिक्रियाहरु