भ्रमण वर्षको उद्घाटन्मा ६ देशका मन्त्री आउने


काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अंग्रेजी नयाँवर्षसंगै बुधबार शुभारम्भ हुँदैछ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको भ्रमण वर्ष कार्यक्रमको दशरथ रंगशालामा आयोजना हुने समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम छ ।
उद्घघाटन समारोहमा बिभिन्न छ मुलुकका मन्त्रीको सहभागिता रहने पर्यटन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको सचिवालयका अनुसार उद्घाटनमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुने औपचारिक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले स्वागत भाषण गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन रहनेछ ।
समारोहमा भाग लिन आएका विदेशी पाहुनाले समेत सम्बोधन गर्ने जनाइएको छ । उद्घाटनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । सांस्कृतिक संस्थानले समेत सांगितिक प्रस्तुति दिनेछ । भ्रमण वर्ष सचिवालयले ४० भन्दा बढी मुलुकका पर्यटनमन्त्रीलाई समारोहमा सहभागी हुन निमन्त्रणा पठाए पनि छ मुलुकका मन्त्री मात्र आउँने टुंगो लागेको जनाइएको छ । थियो । मन्त्रालय स्रोतका अनुसार, चीन, भारत, म्यानमार, जमैका, कम्बोडिया, भुटान र कतारबाट पर्यटनमन्त्री आउने निश्चित भएको हो ।
भ्रमण वर्षको सबभन्दा ठूलो लोगोको आकृती अनावरण
नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सस्थित चेम्बर भवन कान्तिपथमा करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको अनावरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधीमूलक संस्था नेपाल चेम्बर अफ कमर्समा अनावरण गरेका हुन् ।  
सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रबद्र्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महशूश गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण गरे । भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने श्रेष्ठको भनाई थियो । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गदै यस्तै क्रियाकलाप चेम्बर लगायत निजी क्षेत्रका अन्य संघ संस्था एंव देश व्यापी रुपमा र अन्तराष्ट्रिय जगतमा समेत भैरहेको र आगामी दिनमा समेत हुने विश्वास र अपेक्षा व्यक्त गर्दै चेम्बरलाई यस सहहनीय कार्यको लागि आयोजक समितीको तर्फबाट हार्दिक धन्यवाद दिए ।



प्रतिक्रियाहरु