क्यान्सर अस्पतालमा गरिएको हस्क्षेप विरुद्ध कांग्रेसद्धारा पत्रकार सम्मेलन, यस्तै रवैया देखाए नगर प्रमुखको कुर्सीमा म बस्छु–सभापति थापा


भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला कार्य समितिका सभापति दुर्लभ कुमार थापाले भक्तपुर नगरपालिकाका नगर प्रमुख शुनिल प्रजापतिले अधिकार क्षेत्र नाघेर भक्तपुर क्यान्स अस्पतालमा हस्तक्षेप गरेको बताउँनु भएको छ । भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरेको विरोधमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै     थापाले सो कुरा बताउँनु भएको हो । नगर प्रमुख प्रजापतिले अधिकार नगेर हस्तक्षेप गरे आफु पनि नगर प्रमुखको कुर्सीमा बस्न सक्ने चेतावनी दिदै सभापतिले थापाले स्वायक्त संस्थाले चलाएको अस्पताल स्वतन्त्र ढंगल चल्नु पर्ने बताउँनु भयो ।
नगरपालिकाले सञ्चालन गरेका ख्वप कलेज, ख्वप ईन्जिनियरिङ कलेज लगायतमा पनि अनियमिक्ता रहेको उल्लेखगर्दै थापाले आफ्नै पार्टी समर्थक पत्रिकामा समाचार डिजाइन अनुसार अस्पताल कव्जा गर्न खोजेको आरोप लगाउँनु भयो । वार्षिक ६०÷७० हजार क्यान्सर रोगीले स्वास्थ्य सेवा लिदै गरेको अस्पतालमा नगरपालिकाले राजनीति छिराएको बताउँदै सभापति थापाले यसबाट भक्तपुरवासी मात्र नभएर नेपालभरीका नागरिक प्रभावित हुने बताउँनु भयो । कसैले भ्रष्टाचार गरेको छ भने त्यसको छानविन सम्बन्धित निकायले गर्नुपर्नेमा जोडदिदै सभापति थापाले अरुको आङको जुम्रा देख्नेले आफ्नो आङ्को भैसी देखेर सोहि अनुसार मूल्याँङ्कन गर्न आग्रह गर्नुभयो ।   
नेपाल अर्वुद रोग निवारण संस्थाले बिभिन्न देशी विदेशी गैर सरकार संस्थाहरुको सहयोगमा दुई दशक अघि देखि सञ्चालन गरेको क्यान्सर अस्पताल आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नभई क्यान्सर जस्तो प्राणघातक रोगको उपचार गर्ने स्वायत्त अस्पतालका रुपमा सञ्चालन भएको कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाको अधिकार क्षेत्र बाहिर गएर गरिएको कार्यको घोर भत्र्सना गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तीमा नगरपालिकाले गठन गरेको अवैधानिक समिति भंग गरेर अस्पताललाई स्वायत्त ढंगले चल्ने वातावण बनाउँन समेत आग्रह गरिएको छ ।
कार्यक्रममा पार्टी सचिव निशान ढुंगेल, प्रचार विभाग प्रमुख केदार खड्काले आर्थिक अनियमित्ताको बाहनामा अस्पतालमा गरिएको हस्तक्षेप फिर्ता लिएर स्वतन्त्र ढंगले अस्पताल सञ्चालन गर्ने वातावरण तयार गर्न भक्तपुर नगरपालिकालाई आग्रह गर्नु भएको थियो ।  

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु