प्रहरीकोे स्वास्थ्य शिविरमा दुई सय ३० जनाको स्वास्थ्य परिक्षण


भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीको आयोजनामा भएको स्वास्थ्य शिविरमा दुई सय ३० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । बृत्त प्रमुख शान्तिराज कोईरालका अनुसार, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका–४, दधिकोटको चर्खगालमा भएको शिविरमा दुई सय ३० जना लाभान्वित भएका हुन् । सुर्यविनायक नगरपालिका वडा नं. ४ कार्यालय, मध्यपुर अस्पताल र केएमसी अस्पतालसँगको सहकार्यमा भएको शिविरमा स्वास्थ्य जाँच, परामर्श र औषधोपचार गरिएको थियो ।


शिविरको उद्घघाटन गर्दै भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले प्रहरीले आयोजना गरेको स्वास्थ्य शिविर समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट नमुना भएको बताउँनु भयो । प्रहरीलाई हरेक नागरिकले अपराध नियन्त्रण, अनुसन्धान र सुरक्षा व्यवस्थामा सहयोग गर्नुपर्नेमा जोडदिदै सासंद बस्नेतले शान्ति सुरक्षा संगै प्रहरीले समाजिक कार्यमा गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । उद्घाटन् कार्यक्रममा पूर्वसांसद लेखनाथ न्यौपाने, वडाध्यक्ष उत्तम थापा, मध्यपुर अस्पतालका प्रमुख श्रीकृष्ण श्रेष्ठलगायतले प्रहरीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी अभियानमार्फत समुदाय र प्रहरीको सम्बन्धमा थप  टेवा पुगेको बताउँनु भयो ।


शिविरमा गाइनो, इएनटी, फिजिसियन र बालरोगसम्बन्धी सेवा दिइएको थियो । शिविरबाट फिजिसियनसम्बन्धी एक सय ४८ जना, इएनटीका ४६ जना, बालरोग सम्बन्धि १९ जना र गाइनोसँग सम्बन्धित १७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । बिहान साढे आठ बजेबाट साँझ पाँच बजेसम्म सञ्चालन भएको शिविरका क्रमम विरामीलाई निःशुल्क औषधीसमेत बितरण गरिएको थियो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु