रेडक्रसका स्वयंसेवकलाई विपद् प्रतिकार्यको प्रशिक्षण


भक्तपुर । रेडक्रसका स्वयंसेवकलाई विपद् प्रतिकार्यको प्रशिक्षण प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गत संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरिएको हो । मध्यपुर थिमि नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह, नेपाल प्रहरी, रेडक्रसका स्वयम्सेवकलाई खोज तथा उद्धार सम्वन्धी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्ने र पहिलो उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्का समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चार दिने प्रशिक्षणको आयोजना गरिएको हो ।


कार्यक्रममा ६ पुरुष र १७ महिला गरी २३ जनाको सहभागिता रहेको थियो । त्यसैगरी भक्तपुर नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह र रेडक्रसका स्वयम्सेवकलाई पनि भदौ ९ देखि चार दिने प्रशिक्षण कार्यक्रम संचालन भइरहेको भक्तपुर रेडक्रसले जनाएको छ । प्रशिक्षणमा बिभिन्न खाले विपद् र सामुदायिक उद्वार कर्ता समुह, पारिवारिक सुरक्षा एंव प्रतिकार्यका लागि तयारी र घटना निर्देश प्रणाली, आधारभूत जिवन सुरक्षा, प्राथमिक उपचार र ट्रियाज, शव व्यवस्थापन, आग्लागी, आधारभूत खोज तथा उद्वार विधि, पानीजन्य आपत्काल र परिस्थितिजन्य आपत्काल लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।


समापन कार्यक्रममा प्रमुख अतिथि महानगरिय प्रहरी परीसरका प्रहरी उपरिक्षक सबिन प्रधानले प्रमाणपत्र वितरण गर्नुहुदै यस तालिमको महत्व बताउनु भयो र नेपाल रेडक्रस सोसाइटीले विपद् ब्यवस्थापनको क्षेत्रमा गरेको कामबारे प्रसंसा गर्दै आफुपनि विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षणको अनुगमन टोली सदस्य भएको बताउनु भयो । कार्यक्रममा अनुसन्धान कार्यालयका उपरिक्षक  सुरेन्द्र कोइराला लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम रेडक्रस भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाको  सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा र विपद् जोखिम ब्यवस्थापनको क्षेत्रमा रेडक्रसले पु¥याएको विपद् प्रतिकार्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । सामुदायिक पहल प्रशिक्षणद्वारा उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्को समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन तलिमको आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । कुनैपनि विपद्को अवस्थामा पहिलो उद्धारकर्ता समुदाय आफै हुने भएकोले समुदायमानै जनशक्ति तयार गर्नका लागी यो तलिम संचालन गरिएको रेडक्रसले जनाएको छ ।  कार्यक्रममा भक्तपुर जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे, भक्तपुर जिल्ला शाखाका कार्यसमिति सदस्य धर्मराज कार्की र सुरज मिश्र साथै उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमको जिल्ला संयोजक नीलम ढुंगानाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आगलागी कसरी नियन्त्रण गर्ने भन्ने जनचेतना प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रिय कार्यालयबाट आउनु भएका सैलेन्द्र थापाले आधुनिक भि.आर क्यामरा प्रविधिको  प्रयोग बारेमा छलफल र सहभागीलाइ अभ्यास गराउँनु भएको थियो । सो अवसरमा आधुनिक प्रविधिबाट विपद् जोखिम न्यूनिकरणमा स्थानीय समुदायको क्षमता बढाउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी र कोरियन रेडक्रसको साझेदारीमा प्रविधिमा आधारित विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालन भइरहेको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु