भक्तपुर पनि डेंगुको जोखिममा, उपचारममा संलग्न स्वास्थ्यकर्मीसहित दर्जन संक्रमित


भक्तपुर । भक्तपुर पनि डेङ्गुको उच्च जोखिममा परेको छ । जिल्लामा गत वर्षकौ तुलनामा यसवर्ष चार गुणा डेङ्गुका बिरामी भेटिएकौ जिल्ला स्वास्थ्य कार्यालयलै जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेलै पनि भक्तपुर जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए ।
प्राप्त पछिल्लो जानकारी अनुसार, भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित १२ जनामा डेङ्गुको संक्रमण दैखिएको छ । जसम्धयै दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको छ । यहाँ डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा पठाउनु परेको अस्पताललै जनाएको छ ।
गतवर्ष जिल्लामा तीन जनामा मात्रै डेङ्गु देखिएको थियो । यसवर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको न्यौपानेले बताए । कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झाडी नराख्न, फोहोर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु