आज रेडक्रसले ५७ औं स्थापना दिवस मनाउँदै


काठमाडौं ।  आपत, विपदको भरपर्दो साथी नेपाल रेडक्रसले आज बिहिवार ५७ औं स्थापना दिवस मनाउँदैछ । रेडक्रसले मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया”  भन्ने मूल नाराका साथ विविन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउदैछ । सोहि अवसरमा ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन ।
केन्द्रीय मूल कार्यक्रमको रुपमा बिहिवार विहान शुभेच्छा, सम्मान, पुस्कार तथा प्रतिभा प्रदर्शनका साथै रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । यस अवसरमा फोटो प्रतियोगिता, फूटवल, चेसलगायतका खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम सम्पन्न भैसकेका छन् । २०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।


स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले कानुनी आधार सुदृढीकरण गर्दै संस्थाका सवै निकायहरुमा जनशक्ति, बन्दोबस्ती र व्यववस्थापकीय क्षमता अभिबृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ध्यान केन्द्रीत गरिने बताउँनु भएको छ । यस्तै नेरेसोका महामन्त्री देवरत्न धाख्वाले रेडक्रसको दृश्यात्मकता र छविलाई सवै तहमा अभिबृद्धि गर्ने, आन्तरिक स्रोत परिचालनलाई वढावा दिई संस्थागत दीगोपना सुनिश्चिित गर्नेकाममा सवैको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

यस वर्षको मूल विषय  “माया” अर्थात् लभ रहेको छ । यसले रेडक्रसका स्वयंसेवक एवं कर्मचारीहरुको सेवा भाव, त्याग र समर्पण संकेत गर्दछ । स्मरण रहोस् संसारमा प्रेममय भावनाको विकास गराउने उद्देश्यले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) स्थापना भएको यसै वर्ष एक सय वर्ष पुगेको छ । सो सन्दर्भमा विश्वभर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले गरेको  मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउन  यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदै आएको छ । मानवीय सेवामा अग्रणी संस्था नेपाल रेडक्रसले विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत सर्वसाधारणको मन जित्दै आएकौ छ ।


विपद् तथा संकटजन्य अवस्थाहरु पश्चात् गरिने पुनर्लाभलाई सुदृद्ध गर्न, अझ बढि सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिको संस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबैपक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि रेडक्रसले अन्य सरकारी गैर सरकारी संस्थासंग सहकार्य गर्दै आएको छ । बदलिँदो परिस्थितिमा मानवीय चुनौती कम गर्न सरकार, साझेदार निकाय, विश्व रेडक्रस अभियान र सञ्चारजगतसंगको सहकार्य बढाउँदै  अझ जिम्मेवार भई संगसँगै कार्य गर्ने प्रतिवद्धता रेडक्रसलै व्यक्त गरेको छ । रेडक्रस स्थापनाकै अवसर पारेर भक्तपुर शाखाले बिहिवार बिहान सञ्चारकर्मीसंग अन्तरक्रीया कार्यक्रमको आयोजना गरेको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु