प्रधानमन्त्री ओली डिस्चार्ज, शुक्रबार स्वदेश फर्किदै


भक्तपुर । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अस्पतालले डिस्चार्ज गरेको हो । प्रधानमन्त्री ओलीको बिहीबार नै सातौं पटकको प्लाज्मा फेरेसिस  गरिएको थियो । प्लाज्मा फेरेसिस सकिएसँगै  प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको हो । प्रधानमन्त्री ओली शुक्रबारनै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
आइतबार नेपाल आउन लागेका चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका कारण पनि प्रधानमन्त्री ओली हतार गरेरै स्वदेश फर्किन लागेको जनाइएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको संभावित नेपाल भ्रमणबारे महत्वपूर्ण तयारी गर्ने भनेर विदेशमन्त्री यी नेपाल भ्रमणमा आउँदै छन् । चिनियाँ विदेशमन्त्री यीको भ्रमणका कारण पनि प्रधानमन्त्री एक दिन अगाडि नै स्वदेश फर्किन लाग्नु भएको हो ।
यसअघि ओली शनिबार मात्रै स्वदेश फर्किने बताइएको थियो । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु