विश्वकै महंगो झाेला : २ कराेड ३३ लाख रूपैयाँमा बिक्याे ‘बर्किन ब्याग’ !

जेठ ३१- एउटा झाेला झण्डै अढार्इ कराेड रूपैयाँमा बिक्याे भन्दा अचम्म लाग्नु स्वाभाविकै हाे । यस्ताे अचम्म बेलायतमा भएकाे छ । बेलायतकाे लन्डनमा रहेकाे १० वर्ष पुरानो लेडिज झाेला (ब्याग) २ लाख १७ हजार १ सय ४४ डलर (करिब २ करोड ३३ लाख ६० हजार रुपैयाँ)मा लिलाम बढाबढबाट बिक्री भएको छ । ‘हर्मेस बर्किन ब्याग’ नाम दिइएकाे उक्त झाेलाले सर्वाधिक महंगाे झाेलाकाे कीर्तिमान बनाएकाे छ । उक्त ब्यागको मूल्य मंगलबार एकै दिन मात्र बढेर १ लाख ५० हजार पाउन्ड पुगेको थियो । याे ब्याग यति महंगाे हुनुकाे कारण यसमा जडित १८ क्यारेट ह्वाइट गोल्ड हिरा हाे, जुन ब्यागकाे लकरमा राखिएकाे छ । यसअघि पनि लिलामीमा सबैभन्दा महँगो ब्याग बिक्रीको कीर्तिमानी हर्मेस बर्किन ब्यागकै थियो । २०१७ मा हङकङमा यो कम्पनीको ब्याग ३ लाख ८० हजार डलरमा बिक्री भएको थियो । लीलामी गर्ने कम्पनी ‘क्रिस्टी’ले यो निर्विवाद रुपमा विश्वकै सबैभन्दा महँगो ब्याग भएको जनाएको छ । यो ब्याग ३० सेन्टिमिरटर चौडा छ र यो सुरुको बर्किन ब्याग भन्दा सानो छ । नयाँ बर्किन ब्यागमा लिलामीकर्ताले करिब १० लाख ८ हजार रुपैयाँबाट कबाेल गरेका थिए । अधिकतम मूल्य कबाेल्नेले ब्याग पाएकाे हाे । ब्यागको डिजाइन फ्रान्सको विलाशी फेसन हाउस हर्मेसले १९८१ मा गरेको बताइन्छ । यसको नाम चर्चित अभिनेत्री तथा गायिका जेनी बर्किनको नामबाट राखिएको हाे ।



प्रतिक्रियाहरु