एक प्रहरीद्वारा ५६ जनाको हत्या

 
मस्को  । रुसका एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनलाई २२ महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइएको थियो । हाल जेलमै रहेका ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ । 



प्रतिक्रियाहरु