एकै पटकमा छ शन्तान, नौ मिनेटभित्रै सबै छ बच्चाको जन्म भएको अस्पतालको भनाई

 
अमेरिका । अमेरिकाको टेक्ससमा एक महिलाले एकै पटकमा छ सन्तान जन्माएकी छिन् । ती महिलाले अस्पतालमा नौ मिनटभित्रै सबै छ जना बच्चा जन्माएकी हुन् । टेक्सास राज्यको ह्युस्टनमा थेलमा चौका नाम गरेकी महिलाले द वुमन्स हस्पिटल अफ टेक्सासमा ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । 
अस्पतालका अनुसार, ती महिलाले गएको शुक्रबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् । अस्पतालले थेलमा चौका स्वस्थ रहेको जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार ती नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस देखि २ पाउण्ड १४ औंससम्म रहेको बताइएको छ ।



प्रतिक्रियाहरु