ब्ल्याङ्क चेकमा रकम बढाई चेक बाउन्स गर्ने महिला खोरमा

 
काठमाडौं । ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा राजधानीबाट एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पाङग्रेटार घर भई काठमाडौं महानगरपालिका १५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने ३६ वर्षीया अपसरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
अप्साराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०–२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै बिश्वास दिलाई ब्ल्याङ्क चेक लिने र आफु खुशी रकम लेखी चेक बाउन्स समेत गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरी दुखः हैरानी दिने गरेको सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।



प्रतिक्रियाहरु