जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ


काठमाडौं । राजधानीबाट जुवातास खेल्ने २४ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिकाका तीन स्थानबाट उनीहरु प्क्राउ परेका हुन् । काभ्रे पाँचखाल नगरपालिका २ घर भइ बुढानिलकण्ठ १२ कपन बस्ने ४३ वर्षीय बद्री प्रसाद सापकोटाले सञ्चालन गरेको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जना पक्राउ परेका छन् । उनीलाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका ५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी बुढानिलकण्ठ नगरपालिका १ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 



प्रतिक्रियाहरु